गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

गृहमन्त्री लामिछाने र जर्मन राजदूत प्रिन्जबीच भेटवार्ता


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछाने र नेपालका लागि जर्मन राजदूत थोमस प्रिन्जबीच आज शिष्टाचार भेट भएको छ ।

उनीहरुबीच भेटवार्ता भएको गृहमन्त्री लामिछानेको सचिवालयले जनाएको छ । गृहमन्त्री लामिछानेले अध्यागमनलाई अत्याधुनिक बनाई नेपाल भित्रने पर्यटकको आकर्षण र सीमा अपराध न्यूनीकरण गर्न इ-गेट (सफ्टवेयर र हार्डवयर) तर्फ सुधार आवश्यक भएकाले सो सम्बन्धमा राजदुत प्रिन्जसँग छलफल गरेका छन् ।

उनले भोकेसनल ट्रेनिङ्मा जान इच्छुक विद्यार्थीका लागि आवश्यक समन्वय गरी सहजीकरण गरिने बताए । 

राजदूत प्रिन्जले घनिष्ठ सम्बन्ध रहेको देशको नाताले अनन्तकालसम्म साझेदारी, समन्वय र सहकार्य रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । राजदूत प्रिन्जले मन्त्री लामिछानेलाई बधाई तथा सफल कार्यकालका लागि शुभकामना दिँदै नेपालको अध्यागमन प्रशासन सुधार गर्न अत्यावश्यक देखिएको इ-गेट निर्माणमा सहकार्य गर्न तत्परता देखाए । 

गृह मन्त्री लामिछानेले जर्मनी जान इच्छुक नेपाली विद्यार्थीका लागि अध्ययन र काम गर्न मिल्ने गरी भोकेसनल तालिममा पठाउने विषयमा श्रम, शिक्षा र गृह मन्त्रालयबीच समन्वय हुन नसक्दा अध्यागमनबाट फर्कन परेको गुनासो राखेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस