डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । डिएसपी ठगबहादुर केसी भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका छन्।

मंगलबार विशेष अदालत काठमाडौँका न्यायाधीशहरू टेक नारायण कुँवर, तेज नारायण सिंह राई र रितेन्द्र थापाको इजलासले केसीलाई दोषी ठहर गरेको अदालतले जनाएको छ ।

विशेष अदालतले मंगलबार केसीलाई २ वर्ष कैद र आठ लाख ५० हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको हो ।

केसीलाई यसअघि नै गृह मन्त्रालयले विभागीय कारबाहीस्वरुप बर्खास्त गरिसकेको छ । रुपन्देहीको इलाका प्रहरी बुटवलमा प्रमुख भएका बेला केसीले बरामद भएको सुन फिर्ता गर्ने क्रममा घुस मागेका थिए ।

२०७९ मंसिर २५ गते बुटवल उपमहानगरपालिका-५ हाटबजार नजिकबाट ३४ तोला २१ लाल ७ प्वाइन्ट सुन लिएर गएका उनले सुन फिर्ता लगेको कागज गराए पनि सुन फिर्ता नगरी आफैँसँग राखेका थिए । त्यस क्रममा उनले दुई जनासँग क्रमशः ८ लाख ५० हजार र ९ लाख ५० हजार गरी १८ लाख रुपैयाँ घुस लिएको अख्तियारले आरोप पत्रमा उल्लेख गरेको थियो ।

अख्तियारले १८ लाख रुपैयाँ बिगो राखेर उनीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा हालेको थियो । उनीविरुद्ध गत भदौ १३ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस