झलनाथ खनालले भने-समाजवादी क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव छैन « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

झलनाथ खनालले भने-समाजवादी क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव छैन


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेकपा एसका सम्मानित नेता झलनाथ खनालले बालुवाटार र संसदबाट मात्रै समाजवादी क्रान्ति सम्भव नहुने बताएका छन् ।

मंगलबार काठमाडौँमा समाजवादी मोर्चाद्वारा आयोजित अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्ति बालुवाटार र संसदबाट मात्रै सम्भव नरहेको जिकिर गर्दै क्रान्तिका लागि सबैभन्दा ठूलो माध्यम सडक रहेको बताइन् ।

सडकबाट जनताका आवाज बुलन्द गरी एकत्रित बनाएर आन्दोलित हुन जरुरी रहेको उनको भनाइ थियो । नेता खनालले जनताको इच्छालाई बुझेर एकताबद्ध गरी आन्दोलित गर्ने काम नगरी नेपाली विशेषताको समाजवाद आउन नसक्ने जिकिर गरे ।

खनालले भने, ‘देशका सबै वामपन्थीहरूको प्रतिनिधित्व गरेर आज यो गोष्ठीमा साथीहरूले जुन अभिव्यक्ति व्यक्त गर्नुभएको छ, मलाई बडो खुशी लागेको छ । यो कुरालाई हामीले हाम्रा नीतिमा विकास गरौँ । कार्यक्रम विकास गरौँ । सङ्गठनहरूमा विचार विमर्श गरौँ । आम जनतासँग जाने अभियानमा विकास गरौँ । वर्ग संघर्षमा विकास गरौँ । विनासंघर्ष केही पनि हुनेवाला छैन । खाली बालुवाटार र संसदबाट क्रान्ति हुँदैन । नेपाली विशेषताको समाजवादी त्यहाँबाट मात्रै आउँदैन । हामीले सडकबाट संघर्ष गर्नुपर्छ । सदन र सडकलाई हामीले उपयोग गर्नैपर्छ । अहिले विचार मिल्नेहरूको सरकार पनि छ । त्यसैले अहिले प्रगतिशील नीतिका कार्यक्रम ल्याऔँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस