नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

नेपालले बरोडालाई दियो १ सय ५७ रनको लक्ष्य


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । भारतमा चलिरहेको एसएमएस फ्रेन्डशिप कप टी-२० क्रिकेट शृङ्खलामा नेपालले बरोडालाई १ सय ५७ रनको लक्ष्य दिएको छ ।

गुजरातको वापीमा टस हारेर ब्याटिङ गरेको नेपालले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५६ रन बनायो । नेपालका कुशल मल्लले सबैभन्दा धेरै नट आउट ४२ रन बनाए । यस्तै सन्दीप जोराले २९ रन बनाए । बलिङतर्फ बरोडका बाबा खानले २ विकेट लिए ।

टी-२० क्रिकेट शृङ्खलामा भोलि नेपाल र गुजरात तथा चैत २३ गते नेपाल र बरोडाबीच खेल हुनेछ । फाइनल खेल चैत २५ गते हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस