राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या


२० चैत्र २०८०, मंगलबार


काठमाडौँ । सत्ता साझेदार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले राजनीतिक भागबण्डाले न्यायाधीश नियुक्तिमा समस्या भएको बताएकी छन् । न्यायाधीश नियुक्तिप्रति असन्तुष्टि व्यक्त गर्दै गौतमले न्यायाधीश नियुक्तिको विषयलाई राजनीतिक भागबण्डाको विषय बनाएपछि समस्या आएको उनको भनाइ थियो ।

मंगलवार प्रतिनिधि सभा बैठकमा विशेष समय लिएर बोल्दै सांसद गौतमले सर्वोच्च अदालतको न्यायाधीश नियुक्ति गर्दा समेत राजनीतिक भागबण्डाको पर्खाइमा बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्ने बताइन् । उनले कारागारभित्र क्षमताभन्दा ४ गुणा बढी कैदीबन्दी राखिएको भन्दै आपत्ति समेत जनाइन् ।

सांसद गौतमले सुधारका लागि कारागारमा लगिएको कैदीबन्दीहरु झनै आपराधिक मनोबल लिएर बाहिर आउने सम्भावना रहेको औँल्याउँदै त्यसतर्फ गम्भीर भएर काम गर्न पनि सरकारलाई दबाब दिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस