सिंगटी हाइड्रो इनर्जीको सेयर लिलामीमा, भोलिसम्म आवेदन दिन सकिने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

सिंगटी हाइड्रो इनर्जीको सेयर लिलामीमा, भोलिसम्म आवेदन दिन सकिने


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । सिंगटी हाइड्रो इनर्जी लिमिटेडको सर्वसाधारणतर्फको लिलामी सेयरमा आवेदन दिनेको भीड लागेको छ ।

आवेदन दिने अन्तिम मिति नजिकिएसँगै बोलपत्र आवेदन फारम पाइने र बुझाउने स्थानमा भीड लागेको हो । सिंगटी हाइड्रो इनर्जीको सर्वसाधारण तर्फ लिलामी सेयरमा आवेदन दिने अन्तिम दिन २० चैत अर्थात् भोलि मंगलबारसम्म रहेको छ ।

कम्पनीले १२ चैतदेखि ४६ लाख ११ हजार ५३५ कित्ता सेयर लिलामी बोलकबोल मार्फत बिक्री खुल्ला गरेको छ ।

इच्छुक लगानीकर्ताले मुक्तिनाथ क्यापिटलको प्रधान कार्यालय नक्सालबाट, मुक्तिनाथ विकास बैंकको शाखा कार्यलयहरु ठिमी भक्तपुर, कुमारीपाटी ललितपुर, बिर्तामोड विराटनगर, धरान, वीरगन्ज, जनकपुर, हेटौँडा, नारायणगढ, चिप्लेढुंगा पोखरा, बेनी, बुटवल, घोराही दाङ, नेपालगञ्ज, सुर्खेत, महेन्द्रनगर र सिन्धु विकास बैंकको चरिकोट र दोलखा शाखाबाट पनि आवेदन दिन सक्नेछन् ।

Tags :
प्रतिक्रिया दिनुहोस