अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अमेरिकाले इजरायललाई दियो हतियार निर्यातको स्वीकृति 


१९ चैत्र २०८०, सोमबार


काठमाडौँ । अमेरिले इजरायललाई अर्बौं डलरको बम र लडाकु निर्यात गर्न (डिफेन्स एक्सपोर्ट क्लियरेन्स) स्वीकृति दिएको छ । 

दक्षिण गाजामा जारी इजरायलको आक्रमणको चौतर्फी आलोचना र संयुक्त राष्ट्र संघले समेत युद्ध विरामको पक्षमा मतदान गरिसकेको अवस्थामा जो बाइडेन प्रशासनले इजरायलाई बम र लडाकु अमेरिकाबाट निर्यात गर्न स्वीकृति दिएको हो । यो सहमतिलाई भने गोप्य राखिएको वाशिंगटन पोस्टले जनाएको छ ।

यसलाई इजरायलको रक्षा रणनीतिको लागि अमेरिकाको अटुट समर्थनको रुपमा ब्याख्या पनि गरिएको छ ।

डिफेन्स एक्सपोर्ट क्लियरेन्समा समावेश गरिएका हतियारहरूमा १८०० एमके ८४, बम र ५०० एमके ८२ बम रहेको अमेरिकी रक्षा विभाग, पेन्टागन र विदेश विभागका अधिकारीहरूले पनि यसको पुष्टि गरेका छन् । संयुक्त राष्ट्र संघमा यसअघि लगातार भिटो प्रयोग गर्दै आएको अमेरिकाले पछिल्लो मतदानमा भिटोको प्रयोग नगरेपछि इजरायल अमेरिकासँग रिसाएको रुपमा अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका थिए । तर, अहिले बाइडेन प्रशासनले दिएको हतियार निर्यातको स्वीकृतिलाई सम्बन्ध सुधारको रुपमा हेरिएको छ । 

इजरायल प्यालेस्टाइन युद्ध अक्टोरबाट सुरु भएको थियो । यसबीचमा झण्डै ३३ हजार नागरिकको मृत्यु भइसकेको छ भने लाखौं मानिसहरु युद्धको चपेटामा परेका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस