इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बु कारवाहीमा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इलाम-२ मा रास्वपाबाट उम्मेदवार बनेका लिम्बु कारवाहीमा


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)बाट इलाम-२ को उपनिर्वाचनमा उम्मेदवार बनेका मिलन लिम्बु कारवाहीमा परेका छन् । माओवादी केन्द्रको पत्रकार सङ्गठन प्रेस सेन्टर नेपालले लिम्बुलाई कारबाही गरेको हो ।

शुक्रबार प्रेस सेन्टरमा महासचिव सन्तोष पौडेलले एक प्रेस विज्ञप्ति जारी गर्दै सो सङ्गठनका सचिव रहेका लिम्बुले सङ्गठनको नेतृत्वको सुझाव र निर्देशनसमेत बेवास्ता गरी चरम अवसरवादी प्रवृत्तिको प्रदर्शन गरेको भन्दै सङ्गठनको सबै जिम्मेवारीबाट हटाइएको जनाएका छन् ।

सङ्गठनको नीति, विधि, विधान र आचरणविपरीत विगत केही समयदेखि सामाजिक सञ्जाल र मिडियामार्फत सार्वजनिक अभिव्यक्ति दिने तथा अनुशासनविपरीत गतिविधि गरिरहेको, पछिल्लो समयमा राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट निर्वाचनमा उम्मेदवार बनेको देखिएको उनले जनाएका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस