आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयरल्यान्ड ‘ए’ विरुद्ध टस जितेर पहिले फिल्डिङ गर्दै नेपाल ‘ए’


१६ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल ‘ए’ ले पहिलो टी-२० अभ्यास खेलमा आयरल्यान्ड ए विरुद्ध टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान विनोद भण्डारीले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् । नेपाल ए र आयरल्यान्ड ‘ए’ बीच समान तीन टी-२० र एक दिवसीय सिरिज हुनेछ ।

बिहीबार वर्षाको कारण पहिलो खेल रद्द भएको थियो । त्यसैले क्यानले तालिका परिवर्तन गरेको थियो ।

नेपाल ए र आयरल्यान्ड ए बीच तीन टी-२० खेल शुक्रबार, शनिवार र सोमबार हुनेछ । त्यस्तै तीन एकदिवसीय खेल चैत २१ (बुधबार), चैत २३ (शुक्रबार) र चैत २५ गते (आइतबार) हुनेछ ।

नेपालको प्लेइङ ११मा विनोद भण्डारी (कप्तान), लोकेश बम, देव खनाल, किरण ठगुन्ना, आरिफ शेख, अर्जुन घर्ती, बसिर अहमद, राशिद खान, सागर ढकाल, कमल सिंह ऐरी र हेमन्त धामी छन्।

यस्तै पवन सर्राफ, नारायण जोशी, विपिन खत्री र विकाश आग्री बेन्चमा छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस