अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

अनेरास्ववियुकी नेता रक्षा बम पक्राउ


१४ चैत्र २०८०, बुधबार


पक्राउ

काठमाडौँ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बमलाई प्रहरीले पक्राउ गरेको छ । बमलाई प्रहरी वृत्त महाराजगञ्जको टोलीले बुधबार बालाजु क्षेत्रबाट पक्राउ गरेको हो ।

बमलाई आपराधिक लाभको कसुरमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँले जानकारी दिएको छ ।

मोबाइल नियन्त्रणमा लिएर धम्क्याएको तथा आपराधिक लाभको कसुर गरेको भन्दै बमविरुद्ध उजुरी परेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस