हाम्रो नेपाली पार्टीले लियो बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

हाम्रो नेपाली पार्टीले लियो बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । हाम्रो नेपाली पार्टीले बागमती प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । प्रदेश प्रमुखलाई पत्र लेख्दै सो दलले सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो ।

हाम्रो नेपाली पार्टी बागमती प्रदेश संसदीय दलका नेता शैलेन्द्रमान बज्राचार्यका अनुसार जनताले दिएको म्यान्डेट अनुसार आफूहरू प्रतिपक्षको भूमिकामा रहने गरी चैत ९ गतेदेखि सरकारको समर्थन फिर्ता लिएको हो ।

२०७९ पौष २५ गते हाम्रो नेपाली पार्टी सहितको समर्थनमा नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल नेतृत्वको वर्तमान सरकारलाई समर्थन दिएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस