आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र ललित बेन्चमा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

आयरल्यान्डविरुद्ध पहिला ब्याटिङ गर्दै नेपाल, दीपेन्द्र र ललित बेन्चमा


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपालले दोस्रो टी-२० अभ्यास खेलमा आज आयरल्यान्डविरुद्ध टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएको छ ।

त्रिवि क्रिकेट मैदानमा भएको टसमा नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय लिएका हुन् । नेपालले पहिलो खेलमा आयरल्यान्ड ए लाई ६ विकेटले हराएको थियो ।

दोस्रो टी-२० अभ्यास खेलमा आज नेपालले दुई परिवर्तन गरेको छ । आयरल्यान्ड ए विरुद्ध प्रमुख अलराउन्डर दीपेन्द्रसिंह ऐरी र स्पिनर ललित नारायण राजवंशीलाई बेन्चमा राखेको छ । अनिल शाह र विवेक यादवलाई भने मौका दिएको छ ।

नेपालको प्लेइङ ११मा रोहित पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल शाह, गुलशन झा, करण केसी, सोमपाल कामी, अभिनाश बोहरा र बेन्चमा ललित राजवंशी र दीपेन्द्रसिंह ऐरी, प्रतिश जि.सी र आकाश चन्द छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस