शेखर कोइरालाले भने-मध्यावधिमा जान सक्ने भएकाले प्रदेश सरकारको नेतृत्व नफेरौँ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

शेखर कोइरालाले भने-मध्यावधिमा जान सक्ने भएकाले प्रदेश सरकारको नेतृत्व नफेरौँ


१३ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले स्थायी गठबन्धन कुनै नहुने भएकाले प्रदेश सरकार परिवर्तन नगर्न आग्रह गरेका छन्।

सत्ता गठबन्धनभित्र प्रदेश सरकारको नेतृत्व फेरबदल गर्ने गृहकार्य चलिरहेको बेलामा नेता कोइरालाले संघीयता विरोधी स्वरलाई मलजल गर्ने भएकाले नेतृत्व फेर्न नहुने उनले बताए ।

निर्वाचन भएको डेढ वर्षमै पटक-पटक प्रदेश सरकारहरू बन्नु र ढल्नु विकास र संघीयताको स्थायित्वका लागि ठिक नभएको भन्दै उनले भने, हाम्रो देशमा कुनै स्थायी गठबन्धन नभएकाले संघ र प्रदेशमा एउटै गठबन्धन हुनुपर्छ भन्ने छैन र हुनुहुँदैन ।’

वर्तमान प्रदेश सभाका अङ्कगणित हेर्दा संघकै गठबन्धन अनुरूप प्रदेशमा पनि सरकार बनाउन खोजे कुनै प्रदेशमा संवैधानिक र कानूनी जटिलता आउने तथा कुनै प्रदेश मध्यावधिमा जाने देखिएको उनले बताए।

उनले थपेका छन्, ‘मध्यावधि निर्वाचन आजको आवश्यकता र बाध्यता दुवै होइन । यसले संघीयता विरोधी स्वरलाई मलजल गर्दछ । तसर्थ हरेक विकल्पमा छलफल गरौँ र हालका प्रदेश सरकारहरूलाई स्थायित्व दिऊँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस