अभिनेत्री कंगना भाजपाबाट लोकसभा चुनाव लड्ने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

अभिनेत्री कंगना भाजपाबाट लोकसभा चुनाव लड्ने


१२ चैत्र २०८०, सोमबार


काठमाडौँ । सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) ले बलिउड कलाकार कंगना रनौतलाई आगामी लोकसभा चुनावमा उम्मेदवार बनाएको छ ।

आइतबार भाजपाले पाँचौँ सूची जारी गर्दै आगामी लोकसभा चुनावमा कंगनालाई गृहराज्य हिमाचलको मण्डी क्षेत्राबाट उठाउने निर्णय गरेको हो ।

भाजपाले कंगनालाई टिकट दिने अनुमान केही अघिदेखि नै गरिँदै आएको थियो । पार्टीले सूची जारी गर्नुअघि नै कंगनाले मण्डीबाट लोकसभा चुनाव लड्न सक्ने संकेत दिएकी थिइन् ।

कंगना केही वर्षदेखि विवाद र चर्चामा रहँदै आएकी छन् । उनले महाराष्ट्रमा तत्कालीन शिव सेना र तत्कालीन मुख्यमन्त्री उद्धव ठाकरेविरुद्ध विवादित टिप्पणी गरेकी थिइन् । त्यस्तै सुशान्त सिंह राजपूत मृत्यु प्रकरणमा पनि उनले महाराष्ट्र सरकारलाई निशाना साधेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस