पक्राउ परे ओभर स्टेमा रहेका पाँच बंगलादेशी नागरिक « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

पक्राउ परे ओभर स्टेमा रहेका पाँच बंगलादेशी नागरिक


१२ चैत्र २०८०, सोमबार


पक्राउ

काठमाडौँ । भिसा अवधि समाप्त (ओभर स्टे)मा नेपाल बसेका ५ बंगलादेशी नागरिक पक्राउ परेका छन् ।

काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले सोह्रखुट्टेबाट सोमबार ५ जनालाई पक्राउ गरेको हो ।

बंगलादेश ढाकाका २६ वर्षीय एमडी रिफात अहमद, ढाकाकै २३ वर्षीय एमडी अबदुल्लाह, ४५ वर्षीय एमडी समसुल होदा, ३० वर्षीय अब्दुल विश्वास र ३६ वर्षीय एमडी मासुम मिहा पक्राउ परेका छन् ।

पक्राउ परेका सबैलाई अध्यागमन विभागको जिम्मा लगाइएको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस