एसइईको सम्पूर्ण तयारी पूरा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एसइईको सम्पूर्ण तयारी पूरा


११ चैत्र २०८०, आइतबार


काठमाडौँ । यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि सबै तयारी पूरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

१५ चैतबाट सुरु हुने परीक्षाका लागि प्रश्न पत्र, उत्तरपुस्तिकालगायत परीक्षासँग सम्बन्धित सामग्रीहरू नजिकैको सुरक्षा निकाय र परीक्षा केन्द्रमा पुर्‍याउनेजस्ता तयारी पूरा भएको बोर्डले जनाएको छ ।

यस वर्षको एसइई परीक्षामा सामुदायिक तथा संस्थागत गरी १० हजार ८०६ विद्यालयका ५ लाख ४ हजार ४१४ परीक्षार्थी सहभागी हुँदैछन् । देशभर २ हजार ६४ परीक्षा केन्द्र तोकिएको छ ।

कुल परीक्षार्थीमध्ये ५०६ विद्यालयका १५ हजार ७४९ जना परीक्षार्थी प्राविधिक धारतर्फका छन् ।

बोर्डले एसइई परीक्षामा केन्द्राध्यक्ष, सहायक केन्द्राध्यक्ष, निरीक्षक, सहायक/सहयोगी कर्मचारी र सुरक्षाकर्मीसमेत गरी ७७ हजार ५०५ जना जनशक्ति प्रत्यक्ष रूपमा परीक्षा केन्द्रमा खटिने जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस