खेलकुदभित्रको राजनीतिले गर्दा चरणबद्ध रूपमा स्तर खस्कियो : खेलकुदमन्त्री श्रेष्ठ « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

खेलकुदभित्रको राजनीतिले गर्दा चरणबद्ध रूपमा स्तर खस्कियो : खेलकुदमन्त्री श्रेष्ठ


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठले नेपाली खेलकुदको स्तर चरणबद्ध रूपमा खस्किएको बताएका छन्।

नेपाल खेलकुद पत्रकार मञ्ज (एनएसजेएफ) को आयोजनामा मंगलवार भएको अन्तरसंवादमा मन्त्री श्रेष्ठले खेलकुदभित्रको राजनीतिले गर्दा यसतर्फ वितृष्णा भइरहेको उल्लेख गर्दै यो अवस्थामा आइपुग्नुमा चरणबद्ध गल्ती रहेको धारणा राखेका हुन्। मंगलवार मञ्चले मन्त्री श्रेष्ठसँग परिचयात्मक र अन्तरसंवाद कार्यक्रम आयोजना गरेको थियो। मञ्चका अध्यक्ष दुर्गानाथ सुवेदीले नवनियुक्त खेलकुदमन्त्री श्रेष्ठलाई स्वागत गरेका थिए।

त्यस अवसरमा मन्त्री श्रेष्ठले नेपालको खेलकुद विकासका लागि बजेट अपर्याप्त रहेको दुखेसो गरे। उनले नेपालीको खेलकुदमा आउने बजेट धेरै न्यून र अपर्याप्त रहेको बताए। चाहे जस्तो खेलकुद विकास गर्न यो बजेट पर्याप्त नहुने उनको भनाइ छ तर दत्तचित्त भएर काम गर्न सके यो बजेट पनि पर्याप्त हुने मन्त्री श्रेष्ठको विश्वास छ।

उनले मन्त्रालयलाई अधिकारबाट सीमित गरिएको पनि बताए। खेलकुद मन्त्रालयले जिम्मेवारी लिनुपर्ने धेरै भए पनि अधिकारको सवालमा भने मन्त्रालयलाई सीमित घेरामा राखिएको उनको भनाइ छ। 

Tags :
प्रतिक्रिया दिनुहोस