बाबुराम पक्षको निर्णय अस्वीकार गर्दै महिन्द्र पक्षले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

बाबुराम पक्षको निर्णय अस्वीकार गर्दै महिन्द्र पक्षले तोक्यो प्रदेश इन्चार्ज र अध्यक्ष


६ चैत्र २०८०, मंगलबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष महिन्द्र राय यादव पक्षले अर्का अध्यक्ष डा. बाबुराम भट्टराई पक्षले गरेको निर्णय अस्वीकार गरेको छ ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले भट्टराई पक्षको निर्णय नमान्ने घोषणा गर्दै नेताहरूको जिम्मेवारी पनि तोकेको छ । बाबुराम पक्षको सोमबार बसेको बैठकले महाधिवेशन आगामी माघमा गर्ने र महिन्द्र पक्षका नेतालाई पदमुक्त गर्ने निर्णय गरेको थियो ।

यादव पक्षको बैठकले चैत ३ गते माओवादी केन्द्रसँग भएको एकतासम्बन्धी चारबुँदे सहमति अनुमोदन पनि गरेको छ । यसैगरी बैठकले सातै प्रदेशमा इन्चार्ज र अध्यक्षको जिम्मेवारी तोकेको छ ।

यादव पक्षले कोसी प्रदेश-इन्चार्ज, राजेन्द्र कुमार किराँती र अध्यक्ष विमला भट्टराई, मधेस प्रदेश-इन्चार्ज, देवेन्द्र यादव र अध्यक्ष प्रमोद यादव, बागमती प्रदेश-इन्चार्ज, अक्कलबहादुर थिङ र अध्यक्ष बन्दना सुवेदी, गण्डकी प्रदेश-इन्चार्ज रमेश पोखरेल र अध्यक्ष ढाकाराम गौतम, लुम्बिनी प्रदेश-अध्यक्ष उमाशंकर यादव र कर्णाली प्रदेश-इन्चार्ज, देवीबहादुर बुढाथोकीलाई जिम्मेवारी दिएको छ ।

यस्तै सुदूरपश्चिम प्रदेश-इन्चार्ज, मीनराज बडू र अध्यक्ष विनोद चन्द, गैर भौगोलिक प्रदेश-इन्चार्ज, ज्ञानेन्द्र कुमाल तथा अध्यक्ष राधा थापा र प्रवास प्रदेश-इन्चार्ज, नहेन्द्र प्रधानलाई जिम्मेवारी तोकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस