युनिमोल प्यारासिटामोल बिक्री वितरणमा विभागले लगायो रोक « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

युनिमोल प्यारासिटामोल बिक्री वितरणमा विभागले लगायो रोक


५ चैत्र २०८०, सोमबार


काठमाडौँ । औषधि व्यवस्था विभागले युनिक फार्मास्युटिकल्स प्रालिले उत्पादन गरेको युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल न्यून गुणस्तरको फेला पारेको छ ।

विभागले अनुगमनका क्रममा संकलन गरेको औषधि प्रयोगशालामा परीक्षण गर्दा न्यून गुणस्तरको भएकाले युनिमोल नामक प्यारासिटामोल बिक्री वितरण नगर्न आग्रह गरेको हो ।

विभागले युनिमोल ट्याब्लेट नामक प्यारासिटामोल ५०० एमजीको ब्याच नं बीडीटी-२३६९, औषधि ऐन २०३५ को दफा १४ बमोजिम बिक्री वितरण रोकी बजारबाट तुरुन्त फिर्ता गरी विवरण पेस गर्न उत्पादक कम्पनीलाई निर्देशन पनि दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस