देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

देशभर ९४ प्रतिशत बालबालिकाले लगाए दादुरा-रुबेलाविरुद्धको खोप


५ चैत्र २०८०, सोमबार


काठमाडौँ। सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा अहिलेसम्म ९४ प्रतिशत बालबालिकाले खोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग अन्तर्गत परिवार कल्याण महाशाखाको तथ्यांक अनुसार चैत ३ सम्म ५४ लाख ४२ हजार ४६९ जना बालबालिकाले दादुरा खोप लगाएका छन् ।

फागुन १३ देखि चैत ७ सम्म सञ्चालन हुने खोप अभियानमा ५७ लाख ४२ हजार ९९३ बालबालिकामध्ये खोप लक्ष्य राखिएको थियो । बाल तथा खोप शाखाका प्रमुख डा. अभियान गौतमले लक्ष्य अनुसारका बालबालिकालाई खोप पाउने दाबी गरे ।

देशभरका बालबालिकामध्ये ५ देखि १५ वर्ष मुनिका ३६ लाख १२ हजार ३१० र ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिका २१ लाख ३० हजार ६८३ बालबालिकालाई दादुरा-रुबेला खोप लगाइँदैछ । नियमित खोप लगाउन छुटेका बालबालिकाहरूलाई यो अभियानमा समेट्ने लक्ष्य राखिएको हो ।

यस अभियानमा दादुरा रोगको लागि उच्च जोखिम भएका तराई २१ जिल्ला र काठमाडौँ उपत्यकाका ३ जिल्लामा ९ महिनादेखि १५ वर्ष मुनिका बालबालिका र बाँकी जिल्लामा ९ महिनादेखि ५ वर्ष मुनिका बालबालिकालाई दिइँदै आएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस