डोटीमा किसान सूचीकरण कार्यलाई तीव्र रूपमा अगाडी बढाइने « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

डोटीमा किसान सूचीकरण कार्यलाई तीव्र रूपमा अगाडी बढाइने


५ चैत्र २०८०, सोमबार


डोटी । डोटीमा किसान सूचीकरण कार्यलाई तीव्र रूपमा अगाडी बढाइने भएको छ । नेपाल सरकारले २०७७ सालमा सुरु गरेको किसान सूचीकरण कार्यलाई डोटीमा तीव्र रूपमा अगाडी बढाउन डोटीका सबै स्थानीय तहका कर्मचारीहरुलाई किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्बन्धी अभिमुखीकरण कार्यक्रमको सुरुवात गरिएको छ ।

सुदूरपश्चिम प्रदेश भरी जम्मा ४ लाख ५७ हजार ७ सय ५६ कृषक परिवार सङ्ख्या रहेकोमा हाल सम्म १ लाख ४६ हजार १ सय ५ जनाले मात्र किसान सूचीकरण गरेको कृर्षि सूचना तथा प्रशिक्षण केन्द्र ललितपुरका पशु चिकित्सक डा.सञ्जीव पण्डितले बताए । डोटी जिल्लामा भने ४०,५० जना कृषकले मात्र किसान सूचीकरण गरेको समेत बताए । 

किसानहरूलाई सूचीकरण गर्दा कृर्षि क्षेत्रको प्रवर्द्धनमा सहयोग पुग्नुका साथै सङ्घ, प्रदेश र स्थानीय सरकाले कृषकहरूलाई दिने अनुदानमा दोहोरोपना नभई सबैलाई समान रूपमा वितरण गर्न सहजता हुने भएकोले अभियानलाई डोटीमा तीव्र रूपमा अगाडी बढाइने कृर्षि ज्ञान केन्द्र डोटीका प्रमुख गङ्गादत्त अवस्थीले बताए । 

कृर्षि विकास कार्यक्रमलाई वैज्ञानिक, पारदर्शी र प्रभावकारी बनाउन किसान सूचीकरण कार्य आवश्यक रहेको कृर्षि तथा पशुपन्छी विकास मन्त्रालयका वरिष्ठ तथ्याङ्क अधिकृत चेत बहादुर रोकाले बताए । स्थानीय तह, प्रदेश सरकार र सङ्घ सरकारलाई कृर्षि क्षेत्रमा विभिन्न कार्यक्रम सञ्चालन गर्न तथ्याङ्क आवश्यक रहेकोले पनि सूचीकरण गर्न आवश्यक रहेको समेत बताए । 

कृर्षि क्षेत्रको उत्पादन र उत्पादकत्व बढाउन आम नागरिकको दायित्व रहेको डोटीका प्रमुख जिल्ला अधिकारी गोपाल प्रसाद अर्यालले बताए । प्रजिअ अर्यालले किसान सूचीकरण कार्यलाई प्रभावकारी बनाई प्रविधिले साथ दिने समग्रतामा सहज रूपमा सबैको पहुँच हुने खालको हुन आवश्यक रहेको समेत बताए । किसान सूचीकरण कार्यलाई डोटीमा अभियानको रूपमा अगाडी बढाउन आवश्यक रहेकोले स्थानीय सरकारसङ समन्वय गर्ने समेत प्रजिअ अर्यालले बताए । 

डोटी जिल्लाका सबै स्थानीय तहहरुको आयोजना,कृर्षि ज्ञान केन्द्र डोटीको समन्वय तथा कृर्षि सूचना तथा प्रशिक्षण केन्द्र हरिहर भवन ललितपुरको प्राविधिक सहयोगमा किसान सूचीकरण तथा तथ्याङ्क अद्यावधिक सम्बन्धी दुई दिने अनुशिक्षण कार्यक्रम डोटीमा सुरुवात गरिएको छ । अनुशिक्षण कार्यक्रममा किसान सूचीकरण सम्बन्धी आवश्यक पर्ने सम्पूर्ण विषय बस्तु र प्रविधिको बारेमा जानकारी गराइने आयोजकले जनाएको छ । 

  कार्यक्रममा डोटी जिल्लाका सबै स्थानीय तहका कृर्षी शाखा प्रमुख र सूचना प्रविधि शाखाका कर्मचारीहरूको सहभागिता रहेको कृर्षि ज्ञान केन्द्र डोटीले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस