सांसद दीपक मनाङेले दिए स्वतन्त्र सांसदको हैसियत दिन निवेदन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

सांसद दीपक मनाङेले दिए स्वतन्त्र सांसदको हैसियत दिन निवेदन


४ चैत्र २०८०, आइतबार


काठमाडौँ। स्वतन्त्र सांसद जितेपछि नेकपा एकीकृत समाजवादी प्रवेश गरेका राजीव गुरुङ (दीपक मनाङे) ले पुनः स्वतन्त्र सांसदको हैसियत दिन गण्डकी प्रदेश सभा सचिवालयमा निवेदन दिएका छन् ।

मनाङेले विनाकारण र अनायासै केन्द्रमा फेरिरहने गठबन्धनका कारण देशमा अस्थिरता मौलाउने भन्दै आइतबार प्रदेश सभा सचिवालयमा दलीय आबद्धता त्यागबारे निवेदन दर्ता गराएका हुन् ।

‘स्वतन्त्र रूपमा मनाङे जनताको मन जितेर निर्वाचित भएको र आजको मितिदेखि नेकपा एकीकृत समाजवादी दलको सांसदको मान्यता र संसदीय अभिलेख सच्याइ स्वतन्त्र सांसदको अभिलेख कायम गरिदिन प्रदेश सभा सचिवलाई निवेदन पेश गर्दछु’, उनले निवेदनमा लेखेका छन् ।

प्रदेश सभा सचिवालयले निवेदनबारे छलफल भइरहेको बताएको छ । 

मनाङे २०७९ मंसिरमा भएको निर्वाचनमा मनाङ (ख) बाट स्वतन्त्र रूपमा निर्वाचित भएका थिए । पछि नेकपा एस प्रवेश गरेका मनाङेलाई प्रदेशसभाको अभिलेख सच्याइएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस