पेट्रोलियम पदार्थको मूल्य घट्यो  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

पेट्रोलियम पदार्थको मूल्य घट्यो 


२ चैत्र २०८०, शुक्रबार


काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले इण्डियन आलय कर्पोरेशनबाट आजै प्राप्त भएको नयाँ मूल्यअनुसार पेट्रोल र डिजेलको मूल्य घटाएको हो ।

यससँगै अब नयाँ मूल्य पेट्रोलको प्रतिलिटर पहिलो वर्गमा १६८.५०, दोस्रो वर्गमा १७० र तेस्रो वर्गमा १७१ रुपैयाँ पुगेको छ । त्यस्तै डिजेल र मट्टितेलमा प्रतिलिटर पहिलो वर्गमा १५५.५०, दोस्रो १५७, तेस्रो १५८ रुपैयाँ पुगेको छ ।

घटेको मूल्य आजै रातिदेखि लागू हुने निगमले जानकारी दिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस