विशेष अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

विशेष अदालतद्वारा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । विशेष अदालतले आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको छ ।

बिहीबार अदालतले पत्रकार सम्मेलनमार्फत पछिल्लो ८ महिनामा गरेको प्रगति विवरण सार्वजनिक गर्दै आर्थिक वर्षको लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताएको हो ।

पत्रकार सम्मेलनमा बोल्दै विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीले फागुन मसान्तसम्मको अवधिमा लक्ष्यभन्दा बढी मुद्दा फर्छ्यौट गरेको बताए ।

उनले अदालतमा अघिल्लो वर्षबाट जिम्मेवारी सरी आएका ३५९ थान मुद्दा र यस आर्थिक वर्षमा दर्ता भएका १२७ गरी ४८६ थान मुद्दामध्ये ३२७ थान मुद्दा फर्छ्यौट गरेको बताए । उनले कुल मुद्दाको संख्या हेर्दा हालसम्मको अवधिमा ६७.२८ प्रतिशत रहेको पनि बताए ।

उनले यस आर्थिक वर्षको अन्त्यसम्ममा पुराना सबै मुद्दा र नयाँ दर्ता भएकामध्ये ५० प्रतिशत मुद्दा फर्छ्यौट गर्ने लक्ष्य रहेको बताए । उनले अहिलेकै गतिमा काम गर्दै जाँदा अदालतको लक्ष्य ११७ थान दुई वर्ष नागेका मुद्दा अहिले १६ थान मात्रै बाँकी रहेको भन्दै असारसम्म लक्ष्य पूरा गर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस