असार ३१ गतेसम्म सरकारबाट बाहिरिने राजेन्द्र पाण्डेको दाबी « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

असार ३१ गतेसम्म सरकारबाट बाहिरिने राजेन्द्र पाण्डेको दाबी


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले प्रधानमन्त्रीले प्रतिबद्धता जनाएका कुरा पूरा नभए असार ३१ गते सरकारबाट बाहिरिने बताएका छन् ।

संसद भवन परिसरमा बिहीबार सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले प्रधानमन्त्रीले गरेका प्रतिबद्धता पूरा नभए आफ्नो पार्टी असार ३१ गतेसम्म सरकारबाट बाहिरिने बताएका हुन् ।

उनले आगामी आर्थिक वर्षको बजेटमा १६५ वटा निर्वाचन क्षेत्रलाई विचार गरेर बजेट ल्याउन सुझाव दिए ।

‘मैले प्रधानमन्त्रीलाई स्पष्टै भनेको छु, तपाईँले बोलेका कुराहरू पूरा गर्नुभएन भने असार ३१ गते बिदा हुनुहुन्छ । तपाईँ बिदा हुनुहुन्छ’, उपाध्यक्ष पाण्डेले भने, ‘१६५ वटा निर्वाचन क्षेत्रलाई विचार गर्नुभएन भने बजेटमा भोट हालिँदैन, त्यहाँ भन्दा बढ्ता के भन्नू ? प्रधानमन्त्रीले प्रतिबद्धता पूरा नगरे बाहिर निस्किन्छौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस