सुन र चाँदीको मूल्य बढ्यो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

सुन र चाँदीको मूल्य बढ्यो


१ चैत्र २०८०, बिहिबार


काठमाडौँ । नेपाली बजारमा आज सुन र चाँदी दुवैको मूल्य वृद्धि भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला रु. आठ सय बढेर प्रतितोला रु. एक लाख २५ हजार आठ सय कायम भएको छ । बुधबार छापावाल सुनको मूल्य प्रतितोला रु. एक लाख २५ हजार थियो ।

त्यसैगरी तेजाबी सुनको मूल्य पनि प्रतितोला रु. आठ सयले वृद्धि भई प्रतितोला रु. एक लाख २५ हजार दुई सय कायम भएको छ । बुधबार तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख २४ हजार चार सय थियो ।

चाँदीको पनि प्रतितोला रु ५० ले वृद्धि भई प्रतितोला रु. एक हजार पाँच सय १५ मा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

अन्तर्राष्ट्रिय बजारमा सुन र चाँदीको मूल्यमा भएको सामान्य गिरावटसँगै त्यसको असर नेपाली बजारमा पनि देखिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस