भोलि कर्णाली प्रदेश सभाको बैठक बस्दै  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भोलि कर्णाली प्रदेश सभाको बैठक बस्दै 


२९ फाल्गुन २०८०, मंगलबार


कर्णाली । कर्णाली प्रदेश सभाको बैठक भोलि बस्ने भएको छ ।  कर्णाली प्रदेश प्रमुख तिलक परियारले प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गरेसँगै बुधबार पहिलो बैठक बस्ने भएको हो ।  

प्रदेश सभाको दोस्रो कार्यकालको तेस्रो अधिवेशन आह्वान गर्न मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्रदेश प्रमुखसमक्ष सिफारिस भएको थियो । जसअनुसार प्रमुख परियारले नेपालको संविधानको धारा १८३ को उपधारा (१) तथा प्रदेश सरकारका (कार्यसम्पादन) नियमावली, २०७४ को नियम २४ बमोजिम भोलि फागुन ३० गते दिउँसो ३ बजे बस्ने गरी तेस्रो अधिवेशन आह्वान गरेको थियो । 

भोलि बस्ने तेस्रो अधिवेशनको पहिलो बैठकका लागि कर्णाली प्रदेश सभा सचिवालय वीरेन्द्रनगर सुर्खेतले सभाका सम्पूर्ण सदस्यहरूलाई जानकारी गराएको प्रदेश सभा सचिव जीवराज बुढाथोकीले बताए । उनका अनुसार कर्णाली प्रदेश सभा नियमावली २०७९, को नियम (३) को उपनियम (३) बमोजिम सदस्यहरूलाई उपस्थितिका लागि सूचना गरिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस