हर्क साम्पाङले बोलाए विद्यार्थीलाई श्रमदानमा  « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

हर्क साम्पाङले बोलाए विद्यार्थीलाई श्रमदानमा 


२९ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ। सुनसरीको धरान उपमहानगरपालिकाका मेयर हर्क सम्पाङ राईले एक विद्यालयलाई पत्र लेख्दै शनिबार श्रमदान गर्न भनेका छन् । धरान १५ को शिक्षा सदन माविमा कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीहरूलाई श्रमदानमा सहभागी गराउन मेयर राईले पत्र पठाएका हुन् ।

श्रमदानमा अध्ययन, अवलोकन र सहभागिता मार्फत विद्यार्थीहरूलाई पनि श्रम संस्कृति र श्रमदानको बारेमा प्रत्यक्ष अनुभूति गराउन ३ चैत शनिबारको दिन विद्यार्थी र शिक्षकहरूलाई समेत श्रमदान पठाउन आग्रह गर्दै उनले पत्र लेखका छन् ।

मेयर साम्पाङले लेखेको पत्र अनुसार बिहान ८ बजेदेखि विद्यार्थीहरूलाई श्रमदानमा सहभागी गराउनुपर्ने छ । मेयर राईले सामाजिक सञ्जालमा उल्लेख गरे अनुसार धरान उपमहानगरपालिकामा श्रमदान शिक्षा प्रणाली सुरु गरिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस