एमालेको गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

एमालेको गोरखा जिल्ला अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित


२८ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी एमालेको गोरखा जिल्ला कमिटीको अध्यक्षमा सुरेन्द्र थापा निर्वाचित भएका छन् ।

पार्टीको ८ औँ जिल्ला अधिवेशनमा आइतबार भएको मतदानमा २८० मत प्राप्त गर्दै थापा अध्यक्ष निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी कृष्ण नेपालीले २०५ मत पाए ।

त्यस्तै उपाध्यक्षमा मेनबहादुर अधिकारी २७० मत ल्याएर निर्वाचित हुँदा प्रतिस्पर्धी कमल दानीले १२१ र कृष्ण काप्रीले ७१ मत पाए । सचिवमा काजिराम रोका ३५३ मत पाएर निर्वाचित भए भने प्रतिस्पर्धी उपेन्द्र देवकोटाले १०५ मत पाए ।

उपसचिवमा मनोज जोशी र शान्ति चापागाईँ निर्वाचित भएका छन् । जोशीले २६५ र चापागाईँले ३२० मत पाए ।

खुलातर्फका उपसचिव पदका उम्मेदवार विष्णु पन्तले ११४ र सञ्जित श्रेष्ठले ६७ मत प्राप्त गरेका थिए भने महिलातर्फकी उपसचिव नानुमाया थापा मगरले १५० मत प्राप्त गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस