माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माओवादी केन्द्रको संसदीय दलको बैठक बस्दै 


२७ फाल्गुन २०८०, आइतबार


काठमाडौँ । नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज पनि बस्दै छ । आजको बैठकले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवार चयन सहितका विषयमा छलफल गरी निर्णय गर्ने माओवादी केन्द्रका एक नेताले बताए ।

बैठक दिउँसो पौने ३ बजे सिंहदरवारस्थित संसदीय दलको कार्यालयमा बस्नेछ । शनिबारको बैठकमा प्रधानमन्त्री दाहाल प्रचण्डले सरकार र संसद् सञ्चालनका विषयमा सांसदहरुलाई ब्रिफिङ गरेका थिए । 

आजको बैठकले प्रधानमन्त्रीको विश्वासको मत लिनेसहित अन्य प्रस्तावहरुमाथि समेत टुंगो लगाउने नेताहरुले जनाएका छन् । 

Tags :
प्रतिक्रिया दिनुहोस