२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानसेनापति शर्माले भने-देशको रक्षाका लागि सेना जस्तोसुकै परिस्थितिका लागि तयार 

अ+ अ-

काठमाडौँ । प्रधान सेनापति प्रभुराम शर्माले नेपाली सेना नेपालको कानुनले इङ्गित गरेका अधिकार र जिम्मेवारीको परिधिभित्र रहेर स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय एकताको रक्षाका लागि जस्तोसुकै परिस्थितिको सामना गर्दै जीवनको आहुति दिन तत्पर अनुशासित सिपाहीहरूको सङ्गठन भएको बताएका छन्।

महाशिवरात्रि तथा २६१ औँ सेना दिवसको अवसरमा नेपाली सेनाका बहालवाला तथा अवकाश प्राप्त सकल दर्जा, सेनामा कार्यरत निजामती कर्मचारी एवं परिवारजनलाई शुभकामना व्यक्त गर्ने क्रममा जङ्गी अड्डामा बिहीबार आयोजित कार्यक्रममा प्रधान सेनापतिले ‘विभिन्न तह र तप्कामा रही उच्च मनोबल र हौसलाका साथ स्वदेश र विदेशमा अनवरत रूपमा खटिई रहेका सकलदर्जालाई’ धन्यवाद दिँदै सदैव यस्तै मनोबलका साथ अविचलित रही आफ्नो कर्तव्यपथमा अडिग रहने विश्वास पनि व्यक्त गरे।

सामूहिक नेतृत्व र सामूहिक योगदानबाट सञ्चालन हुँदै आएको संस्था नेपाली सेनाका सकलदर्जालाई सदैव व्यक्ति भन्दा संस्था माथि रहने स्मरण गराउँदै उनले पदभन्दा प्रतिष्ठा ठूलो हो भन्ने कहिल्यै नबिर्सन सुझाव दिए।  प्रधान सेनापतिले त्यस अवसरमा ‘संविधानप्रदत्त जिम्मेवारी निर्वाह गर्दा, उपलब्ध स्रोतसाधनको समुचित सदुपयोग गरी, बदलिँदो विश्वपरिवेश अनुकूल मापदण्ड हासिल गर्न नेपाली सेनाको नेतृत्वपंक्तिबाट आधुनिकीकरण, व्यावसायिकीकरण र आत्मनिर्भरताका लागि हरसम्भव प्रयास भइरहेको’ जानकारी गराउँदै यसका लागि ‘नेपाली सेनाको दीर्घकालीन सोच(२०८७ ले निर्देश गरे अनुरूप राष्ट्रिय सुरक्षा, सङ्गठन सञ्चालन, व्यावसायिक तालिम, पेसागत वृत्तिविकास, सबल बन्दोवस्ती प्रणाली र कल्याणकारी कार्य लगायतका विषयहरूमा समयसापेक्ष आधुनिकीकरण र सुधार गर्दै लैजाने प्रयास भइरहेको’ बताए।

प्रधान सेनापतिले संस्थागत हित र सैनिक आचरण विपरीतका गतिविधिमा संलग्न रहने एवं व्यक्ति भन्दा संस्था सदैव माथि रहने तथ्य बुझ्न नसक्ने वा नचाहनेहरूले यथोचित परिणाम भोग्नुपर्ने यथार्थ बारे सेनाका सकलदर्जालाई सजग तुल्याउँदै संस्थाभित्रका अवसरहरू सकेसम्म धेरैले उपभोग गर्ने वातावरण बनाउन निरन्तर प्रयास भइरहेको जानकारी गराए।

नेपाली सेना नेपाली जनताको आशा, भरोसा र विश्वासको जगमा स्थापना भएको र यसको समावेशी चरित्रलाई थप मजबुत बनाउन एवं देशका हरेक कुनामा रहेका युवालाई राष्ट्र रक्षार्थ स्वस्स्फूर्त नेपाली सेनामा समावेश भई मातृभूमिको सेवामा लाग्न सहज तुल्याउन देशका दुर्गम र विकट जिल्लाहरूलाई समेट्ने गरी सैन्य भर्ना केन्द्रहरू खोलिएको उनले बताए।

प्रधान सेनापतिले ऐतिहासिक महत्वका सैन्य सम्पदा (गढी तथा किल्लाहरु)को संवर्द्धन र प्रवर्द्धन गर्ने कार्यलाई भविष्यमा पनि निरन्तरता दिने बताउँदै राष्ट्रिय गौरव एवं सेनाको प्रतिष्ठासँग जोडिएका काठमाडौँ-तराईरमधेस द्रुतमार्ग सडक आयोजना लगायत दार्चुला-टिंकर, खाँदवारी-किमाथाँका, वेनीघाट-लार्केभञ्ज्याङ्ग र कर्णाली कोरिडोर सडक आयोजनाहरूमा सन्तोषजनक प्रगति भइरहेको उल्लेख गरे।

उनले उक्त विकास निर्माणका कार्यमा संलग्न सबैलाई आर्थिक पारदर्शिता कायम राख्दै समयसीमा भित्रै कार्य सम्पन्न गर्न निर्देशन दिए।

नेपाली सेनालाई बन्दोवस्ती सामग्रीहरूको आपूर्तिमा आत्मनिर्भर बनाउन प्रयास भइरहेको जानकारी दिँदै प्रधान सेनापतिले सकलदर्जाको पेसागत दक्षता अब्बल बनाई राख्न तालिम गतिविधिलाई प्राथमिकता दिइएको बताए।

राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय सम्बन्धी विधेयक स्वीकृतिको प्रक्रियामा रहेको एवं पूर्वाधार निर्माण र तालिम सञ्चालन मोडिलीटी तयारीको कार्य अपेक्षाकृत रूपमा अघि बढिरहेको भन्दै उनले नेपाली सेनाले निर्वाह गर्दै आइरहेका प्रकृति संरक्षण, विपद् व्यवस्थापन, अन्तर्राष्ट्रिय शान्ति स्थापना लगायतका जिम्मेवारीहरू उत्कृष्ट ढंगले पुरा गर्दै नेपाली सेनालाई हरेक क्षेत्रमा उत्कृष्ट र अब्बल बनाइराख्न योगदान पुर्‍याउनसमेत आग्रह गरे।