उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

उपप्रधान तथा भौतिकमन्त्री महासेठद्वारा पदभार ग्रहण


२३ फाल्गुन २०८०, बुधबार


काठमाडौँ । नवनियुक्त उपप्रधान तथा भौतिक पूर्वाधारमन्त्री रघुवीर महासेठले पदबहाली गरेका छन् ।

बुधबार शीतल निवासमा पद तथा गोपनियताको शपथ गरेपछि महासेठले सिंहदरवार पुगेर पदबहाली गरेका हुन् । 

मन्त्रालयमा उनलाई कर्मचारीहरूले स्वागत गरेका थिए । पदबहालीपछि सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री महासेठले सडक आयोजनाहरूमा हुने ढिलासुस्ती अन्त्य गर्ने बताएका छन् ।

उनले देशैभरका आयोजनाहरूलाई तीव्रताका साथ अघि बढाउने दाबी गरेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस