माधव नेपाललाई ‘प्रचण्ड’ र ओलीले भने-अब हामी सँगै जाऔँ « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

माधव नेपाललाई ‘प्रचण्ड’ र ओलीले भने-अब हामी सँगै जाऔँ


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग झण्डै दुई घण्टा छलफल गरेका छन् ।

नयाँ गठबन्धन बनाएपछि प्रधानमन्त्री ‘प्रचण्ड’ सोमबार नै अध्यक्ष नेपालको निवास, कोटेश्वर पुगेका थिए । मंगलबार एमाले अध्यक्ष ओली उपाध्यक्ष विष्णु पौडेल, महासचिव शंकर पोखरेललाई समेत लिएर पुगेका थिए ।

एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालका अनुसार भेटमा प्रधानमन्त्री ‘‘प्रचण्ड’ले नयाँ गठबन्धन बनाउनु पर्नाका कारणबारे बताएका थिए । उनी र ओलीले अब सँगै जाउँ भनेर प्रस्ताव गरेको भुसालले बताए ।

एकीकृत समाजवादीका अध्यक्ष नेपालले भने नयाँ गठबन्धन गर्दा किन चार दल मात्र सहभागी भएको भन्ने प्रश्न गरेका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस