प्रधानमन्त्री ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

प्रधानमन्त्री ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने काँग्रेसको निर्णय


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । नेपाली काँग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।

सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा मंगलबार अपराह्न बसेको केन्द्रीय कार्यसम्पादन समिति बैठकले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो।

उपसभापति धनराज गुरुङले प्रधानमन्त्री दाहाललाई दिएको समर्थन फिर्ता लिने निर्णय भएको बताए। नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहालले सोमबार काँग्रेससँगको सहकार्य तोडेर नयाँ समीकरण बनाएका थिए।

Tags :
प्रतिक्रिया दिनुहोस