इलाम-२ मा आदिवासी जनजाति उम्मेदवार बनाउँदै रास्वपा « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

इलाम-२ मा आदिवासी जनजाति उम्मेदवार बनाउँदै रास्वपा


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले इलाम-२ को उपनिर्वाचनमा आदिवासी जनजाति समुदायबाट उम्मेदवार बनाउने भएको छ ।

१५ वैशाखमा हुने उपनिर्वाचनमा जनजाति समुदायबाट उम्मेदवार बनाउने सहप्रवक्ता मनिष झाले बताए । रास्वपाबाट उम्मेदवार हुन इच्छुकहरूको सूचीबाट नाम तय गर्न पार्टीको बैठक बसेर टुंगो लगाउने उनले बताए ।

रास्वपाले छ पालिकामा सांसद पठाएर स्थानीय मतदातासँग छलफल गरेको थियो । ६ सांसदले ल्याएको प्रतिवेदनमा छलफल गर्ने र उम्मेदवारको छनोट गर्ने काम नयाँ सत्ता समीकरणका कारण ढिलो भएको झाले बताए ।

रास्वपाले चुनावी तयारीका लागि क्षेत्रमा सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीलाई खटाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस