पशुपति क्षेत्रमा ५ दिनसम्म मासु, मदिरा निषेध « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पशुपति क्षेत्रमा ५ दिनसम्म मासु, मदिरा निषेध


२२ फाल्गुन २०८०, मंगलबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौँले पशुपति क्षेत्रमा पाँच दिनसम्म मासु र मदिराजन्य पदार्थको कारोबारमा रोक लगाएको छ ।

आगामी शुक्रबार (फागुन २५ गते)परेको महाशिवरात्री पर्वलाई लक्षित गरेर स्थानीय प्रशासनले पशुपति क्षेत्रभित्र चार किल्ला तोकेर भोलि (बुधबार)देखि मासु, मदिरा र नशालु पदार्थको उत्पादन, सेवन र किनबेचमा प्रतिबन्ध लगाएको हो ।

काठमाडौँका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले सूचना जारी गर्दै गौशाला मित्रपार्क सडकदेखि पूर्व, पशुपति क्षेत्रको पूर्व सिमानादेखि पश्चिम, गोशाला तिलंगा चक्रपथदेखि उत्तर र मित्रपार्क उमाकुण्ड गौरीघाट हुँदै गुह्येश्वरीदेखि दक्षिणभित्रका सबै भागमा मासु र मदिराजन्य नशालु पदार्थ किनबेच र सेवन गर्न नपाइने बताएका हुन् ।

‘फागुन २३ गतेदेखि २७ गतेसम्म यति चार किल्लाभित्र मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बेचविखन, ओसार पसार, भण्डारण र सेवन गर्नसमेत नपाउने गरी स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम पूर्ण रूपमा रोक लगाइएको छ,’ सूचनामा भनिएको छ, ‘कोही कसैले यो सूचनाको बर्खिलाप हुनेगरी कुनै काम गरेमा प्रचलित कानून बमोजिम कारबाही भइजाने व्यहोरासमेत जानकारी गराइन्छ ।’

Tags :
प्रतिक्रिया दिनुहोस