नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

नयाँ गठबन्धनमा तुरुन्तै सामेल हुँदैनौ : झलनाथ खनाल


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमाले र माओवादी केन्द्रसहितको नयाँ गठबन्धनमा तत्कालै सामेल नहुने बताएका छन् ।

सोमबार पार्टीको सचिवालय बैठकपछि पत्रकारहरूसँग कुरा गर्दै उनले पहिले नयाँ गठबन्धनले आफ्नो नीति, कार्यक्रम र चरित्रबारे आफूहरूसँग छलफल गर्नुपर्ने बताएका हुन् ।

‘नयाँ गठबन्धनको नीति के हुन्छन्, कार्यक्रम के हुन्छन्, प्रक्रिया, चरित्र के हो सबै कुरा थाहा पाउनुपर्‍यो र थाहा पाउने हिसाबले कुराकानी गर्नुभयो भने हामीले फाइनल दृष्टिकोण बनाउँला’, उनले भने, ‘अहिले हामी वेट एण्ड सी ।’

काँग्रेस-माओवादी-एकीकृत समाजवादीसहितको गठबन्धन टुटिसकेको र आफ्ना मन्त्रीहरू फिर्ता आउने खनालले बताए । हालको मन्त्रिपरिषदमा एकीकृत समाजवादीका दुई मन्त्री र एक राज्यमन्त्री रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस