स्थगित भयो लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्थगित भयो लुम्बिनीमा हुने भनिएको शिखर सम्मेलन


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । यही फागुन २८ र २९ गते लुम्बिनीमा आयोजना हुने तय भएको बालबालिका, विकास र शान्तिका लागि शिखर सम्मेलन स्थगित भएको छ ।

लुम्बिनी प्रदेश सरकारको आयोजना तथा अमेरिकी संस्था ‘लरिएट्स एण्ड लिडर्स’को व्यवस्थापनमा हुन लागेको शिखर सम्मेलन स्थगित भएको हो ।

शिखर सम्मेलनका लागि लुम्बिनी प्रदेश सरकारले साढे ६ करोड रुपैयाँ बजेट छुट्ट्याएको छ । सम्मेलनमा सहभागी हुन विभिन्न मुलुकका राष्ट्रप्रमुख, पूर्वराष्ट्रप्रमुख, नोबेल पुरस्कार विजेताहरू सहित अति विशिष्ट पाहुना लुम्बिनी आउने भनेर प्रचार गरिएको थियो । अति विशिष्ट पाहुनाको सूचीमा भारतमा निर्वासित तिब्बतका धार्मिक गुरुस् दलाई लामासमेत आउने चर्चा चलेको थियो ।

‘लरिएट्स एण्ड लिडर्स’ नामक संस्थाको व्यवस्थापनमा यसअघि तीन पटक यस्तो खालको शिखर सम्मेलन भएको छ । सन् २०१६ मा भारतमा भएको पहिलो शिखर सम्मेलनमा दलाई लामा सहभागी भएका थिए ।

Tags :
प्रतिक्रिया दिनुहोस