सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सबै मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीलाई


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । आज (सोमबार) मन्त्रिपरिषद् पुनर्गठन भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्डले’ मन्त्रिपरिषद् पुनर्गठन गर्दै सबै मन्त्रालयको जिम्मेवारी आफूसँगै राखेका हुन् ।

आफू नेतृत्वमा रहेका सबै मन्त्रीलाई बिदाइ गर्दै उनले सबै मन्त्रालयको जिम्मेवारी आफैँसँग राखेका छन् । प्रचण्डले तीन जनालाई विना विभागीय मन्त्री बनाएका छन् । तर, उनीहरूलाई मन्त्रालयको जिम्मेवारी दिइएको छैन ।

राष्ट्रपति कार्यालयका अनुसार प्रधानमन्त्रीले सबै मन्त्रालयको जिम्मेवारी लिएका छन् भने तीन जना विना विभागीय मन्त्रीमा हितबहादुर तामाङ, पदम गरी र डोलप्रसाद अर्याललाई नियुक्त गरेका छन् । नवनियुक्त मन्त्रीहरूको शपथ ग्रहण सोमबार शीतल निवासमा भएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस