भ्रष्टाचार मुद्दामा कर्मचारीले पाए सफाइ, ठेकेदार दोषी ठहर « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

भ्रष्टाचार मुद्दामा कर्मचारीले पाए सफाइ, ठेकेदार दोषी ठहर


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । झापा र मोरङको सीमामा पर्ने मावा खोलामा अवैध उत्खनन् गरेको भन्दै परेको मुद्दामा सरकारी कर्मचारीले सफाइ पाएका छन् । उक्त अभियोगमा ठेकेदार दोषी ठहरिएका छन् ।

विशेष अदालत काठमाडौँले उनीहरूलाई दोषी ठहर गरेको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए । दमक नगरपालिकाका वातावरण अधिकृत ज्ञानेन्द्र कार्की र मोरङको मिक्लाजुङ गाउँपालिकाका सब इन्जिनियर विवेक कार्कीले सफाइ पाएका कार्कीले बताए ।

ठेकेदार कम्पनी किसन एन्ड विल्डर्स प्रालिका सञ्चालक पशुपति उप्रेती र उनका प्रतिनिधि निशम कार्कीलाई जनही एक करोड ७२ लाख ५ हजार ६ सय ४४ रुपैयाँ असुल हुने फैसला भएको छ । दुवैलाई एक वर्ष ६ महिना कैद सजाय पनि तोकिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत पुस १४ गते विशेष अदालतमा ३ करोड ४४ लाख ११ हजार २ सय ८८ रुपैयाँ २५ पैसा बिगो दाबी गर्दै मुद्दा दायर गरेको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस