मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा प्रियंकारानी छनोट « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

मिस वर्ल्डको ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा प्रियंकारानी छनोट


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । भारतमा जारी मिस वर्ल्डको महत्त्वपूर्ण विधा ‘ब्युटी विथ पर्पस’को उत्कृष्ट १० मा नेपालकी प्रियंकारानी जोशी छनोट भएकी छन् । सोमबार भएको यो विधाको प्रतिस्पर्धामा सेमिफाइनलिस्ट घोषित भएसँगै नेपालले आफू दाबेदार रहेको सन्देश दिएको छ ।

उत्कृष्ट १० मा नेपालसहित बोत्स्वाना, ब्राजिल, चेक रिपब्लिक, इण्डोनेसिया, तान्जानिया, ट्रिनिडाड एण्ड टोबागो, टर्की, युगाण्डा र युक्रेन पनि छनोट भएका छन् । प्रियंका यसअघि ‘हेड टु हेड च्यालेन्ज’ विधाको उत्कृष्ट २५ मा छनोट भएकी थिइन् ।

शनिबार मुम्बईमा फिनाले आयोजना हुँदैछ । सो क्रममा सबै विधाको विजेता घोषणा हुनेछ । ‘ब्युटी विथ पर्पस’ विधाको लागि मिस नेपाल वर्ल्ड २०२२ प्रियंकाले चितवनको दुर्गम इच्छाकामना गाउँपालिकास्थित अपरदाङगढीमा केन्द्रीय विद्युत् प्रसारण लाइन पुर्‍याउन पहल गरेकी थिइन् । यसबाहेक स्थानीय विद्यालयको मर्मत सम्भारदेखि स्थानीय उद्यमशीलताको विकास गर्ने कार्य पनि उनले गरेकी थिइन् ।

Tags :
प्रतिक्रिया दिनुहोस