सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत भेटीए « प्रशासन
Logo १८ बैशाख २०८१, मंगलबार
   

सशस्त्र प्रहरीका सहायक हवल्दार दार्चुलामा मृत भेटीए


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । दार्चुलामा सशस्त्र प्रहरीका सहायक हवल्दार मृत फेला परेका छन्। अपिहिमाल गाउँपालिका-२ मा बैतडीको पुर्चौडी नगरपालिका-३ का ३० वर्षीय सुरेन्द्रबहादुर बोहरा मृत फेला परेका डिएसपी शिवबहादुर सिंहले जानकारी दिए ।

उनी कञ्चनपुरको सशस्त्र प्रहरी बल बिओपी बह्रदेवमा कार्यरत रहेको डिएसपी सिंहले बताए । सिंहका अनुसार उनी दुई-तीन दिन अगाडि बिदा लिएर ससुराल पुगेका हुन् । ।

सोमबार बिहान करिब ९ बजेतिर उनी ससुराली घरको सय मिटर टाढा रूखमा झुण्डिएको अवस्थामा फेला परेका हुन्।मृतकका बुवा बैतडीबाट घटनास्थलमा जाँदैछन्। बुवा पुगेपछि उनको शव उठाउने डीएसपी सिंहले जानकारी दिए ।

Tags :
प्रतिक्रिया दिनुहोस