माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ : ‘विप्लव’ « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

माओवादीलाई देशको माया छ, उथलपुथल गरिरहन्छ : ‘विप्लव’


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । नेकपाका महासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ले देशको माया माओवादीहरूलाई मात्रै भएको दाबी गरेका छन्।

शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै माओवादीहरूले देशमा उथलपुथल ल्याइराख्ने बताएका हुन् ।

उनले भने, ‘आजको संघीय लोकतान्त्रिक गणतन्त्रलाई पनि यतिकै सडकमा छाडेर अरूको जिम्मा लगाएर जान सकिँदैन। क्रान्तिकारी, समाजवादीहरू, कम्युनिस्टहरू नै देश परिवर्तन गर्नुपर्छ। यो लडाइँमा अहिले एउटा उथलपुथल चलिरहेको छ। कस्तो भने माओवादी भनेको शान्त बस्न नसक्ने शक्ति पनि हो। हेर्नुस् है आज यहाँ प्रचण्ड अध्यक्ष पनि आउनुभएको छ। मैले त पहिलेदेखि नै चलाउनुस् भन्ने सुझाव थियो। उथलपुथल पार्नुपर्छ। समाजमा जनतामा चिच्याइरहेका छन्। बेलामा माओवादी क्रान्तिकारीहरू शान्त बस्न मिल्दैन।’

Tags :
प्रतिक्रिया दिनुहोस