म नमर्दासम्म उथलपुथल भइराख्छ : ‘प्रचण्ड’ « प्रशासन
Logo ४ जेष्ठ २०८१, शुक्रबार
   

म नमर्दासम्म उथलपुथल भइराख्छ : ‘प्रचण्ड’


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई प्रतिक्रियावादी शक्तिहरूले धेरै पटक घेरा हालेर सिध्याउने प्रयास गरे पनि नसकेको बताएका छन् ।

‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले क्रान्तिकारी शक्तिहरू एकै ठाउँमा आउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘कमरेड विप्लव उठ्दा तपाईँहरूमा एउटा तरंग पैदा हुन्छ । म त म भइहालेँ । म नमर्दासम्म देशमा उथलपुथल भइ नै राख्छ । मलाई प्रतिक्रियावादी शक्तिहरूबाट घेरा हालेर सिध्याउने धेरै प्रयासहरू भए । घेरा तोड्दै आएका छौँ, तोड्छौँ । त्यसैले हामी क्रान्तिकारी शक्तिहरू एकै ठाउँमा आउने बाटो खोजौँ ।’

Tags :
प्रतिक्रिया दिनुहोस