संघीय संसद्का दुवै सदनको बैठक बस्दै « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

संघीय संसद्का दुवै सदनको बैठक बस्दै


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । संघीय संसद्अन्तर्गत दुवै सदनको बैठक आज बस्दैछ । संसद सचिवालयका अनुसार प्रतिनिधि सभा बैठक बिहान ११ बजे बस्ने छ भने राष्ट्रिय सभा बैठक दिउँसो १:१७ बजे बस्नेछ ।

आजको प्रतिनिधिसभा बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले ’महिला तथा सामाजिक मामिला समितिको प्रतिवेदन आ.ब. २०७९/८०’ पेश गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८० माथि बिचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

आर्थिक वर्ष २०८१/८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सबन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल प्रारम्भ हुनेछ ।

यता राष्ट्रिय सभा बैठकमा नवनिर्वाचित सदस्यहरूको स्वागत तथा सदस्यहरूबाट सभामा अपेक्षा प्रस्तुत गर्ने, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लोक सेवा आयोगको ६४ औं वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस