आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना  « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

आज यी प्रदेशमा हल्का वर्षा र हिमपातको सम्भावना 


२१ फाल्गुन २०८०, सोमबार


काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ। आज(सोमबार) देशका पहाडी भू-भागमा आंशिक देखि साधरणतया बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। 

गण्डकी र कर्णाली प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा साथै बाँकी प्रदेशका पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ।

Tags :
प्रतिक्रिया दिनुहोस