त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डस भिड्दै « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डस भिड्दै


२० फाल्गुन २०८०, आइतबार


काठमाडौँ । त्रिकोणात्मक टी-२० सिरिजमा आज नामिबिया र नेदरल्याण्डसबीच खेल हुँदै छ। 

टियु मैदानमा खेल बिहान ११ः३० बजेदेखि शुरु हुने छ। सिरिजमा नेदरल्याण्डले ३ खेलमा २ जित हासिल गर्दै ४ अंक हासिल गरेको छ र अहिले अंक तालिकामा शिर्ष स्थानमा रहेको छ। 

त्यस्तै नेपालले ४ खेलमा २ जितसहित ४ अंक हासिल गरेको छ र दोस्रो स्थानमा रहेको छ। त्यस्तै नामिबियाले ३ खेलमा २ अंक हासिल गरेर तेस्रो स्थानमा रहेको छ।

अब फाइनलमा पुग्ने दुई देशको टुंगो यस खेलपछि मात्र लाग्ने भएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस