पूर्वक्याप्टेन लिम्बू नेतृत्वको समितिले पर्यटन मन्त्रीलाई बुझायो प्रतिवेदन « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

पूर्वक्याप्टेन लिम्बू नेतृत्वको समितिले पर्यटन मन्त्रीलाई बुझायो प्रतिवेदन


१७ फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले नेपाल वायुसेवा निगम सुधारका लागि भन्दै प्रतिवेदन बुझेका छन् । किराँतीले पूर्वगर्भनर दीपेन्द्रबहादुर क्षेत्री नेतृत्व टोलीले बनाएको प्रतिवेदनमाथि बनाइएको अर्को प्रतिवेदन बुझेका हुन् ।

क्षेत्रीको नेतृत्वमा नेपाल वायुसेवा निगम संरचनागत सुधार अध्ययन समितिले गत वर्ष नै प्रतिवेदन दिएको थियो । जसमा जहाज किन्न सोल्टी होटेलमा रहेको सेयर बेच्न सकिने समेतका सुझाव दिए ।

यो प्रतिवेदन अध्ययन तथा कार्यान्वयन सिफारिस गर्न मन्त्री किराँतीले बनाएको अर्को समितिले चौथो प्रतिवेदन मन्त्रीलाई बुझाएको पर्यटन मन्त्रालयले जनाएको छ । पूर्वक्याप्टेन कुलबहादुर लिम्बू नेतृत्वको सिफारिस समितिले बिहीबार प्रतिवेदन बुझाएको हो ।

समितिले मन्त्री किराँती, मन्त्रालयका सचिव दीपक काफ्ले र नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवाराज अधिकारीलाई संयुक्त रूपमा प्रतिवेदन बुझाएको हो ।

समितिले बुझाएको प्रतिवेदनमा ४ ओटा बुँदा समावेश छन् । पहिलो बुँदमा आन्तरिक लेखा परीक्षण प्रभावकारी बनाउने, दोस्रोमा सञ्चालक समितिको निर्णय र निगम सुशासन प्रभावकारी बनाउन लेखा समिति बनाउने, तेस्रोमा निगमलाई आर्थिक रूपले प्रभावकारी बनाउन सोल्टी होटेलको सेयर बिक्री गर्ने रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस