घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

घुससहित पक्राउ परेका वरिष्ठ हवल्दार सिंह दोषी ठहर


११ फाल्गुन २०८०, शुक्रबार


काठमाडौँ । सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोप लागेका बुढानीलकण्ठ प्रहरी प्रभागका वरिष्ठ हवल्दार विष्णु सिंह दोषी ठहर भएका छन् ।

विशेष अदालतले शुक्रबार सिंहलाई दोषी ठहर गर्दै एक लाख रुपैयाँ जरिवाना र ५ महिना कैद हुने सजाय सुनाएको अदालतका प्रवक्ता धनबहादुर कार्कीले बताए ।

कार्कीका अनुसार ढल सरसफाइ तथा निकास गर्दा निस्किएको बालुवा व्यवस्थापन गर्न सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग घुस लिएको आरोप उनीविरुद्ध लागेको थियो ।

सम्बन्धित समाचार : प्रहरी वरिष्ठ हवल्दार सिंहविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Tags :
प्रतिक्रिया दिनुहोस