काँग्रेस महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा लगिने « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

काँग्रेस महासमितिबाट पारित प्रतिवेदन केन्द्रीय समितिमा लगिने


१० फाल्गुन २०८०, बिहिबार


काठमाडौँ । नेपाली काँग्रेसको महासमिति बैठकबाट पारित भएका सबै प्रतिवेदनलाई केन्द्रीय समितिले परिमार्जनसहित पारित गर्ने भएको छ ।

महासमिति बैठकको निर्णय सार्वजनिक गर्दै प्रचार प्रसार समितिका उपसंयोजक मीन विश्वकर्माले सर्वसम्मत पारित भएको जानकारी गराए ।

‘प्राप्त सुझावहरूका आधारमा केन्द्रीय कार्यसमितिले परिमार्जनसहित अन्तिम रूप दिने गरी तीनवटै प्रस्ताव महासमितिको यो बैठक सर्वसम्मतिले पारित गर्दछ’, निर्णय सार्वजनिक गर्दै भनिएको छ ।

महासमितिको बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।

पार्टी सभापति शेरबहादुर देउवाले महासमिति बैठक समापन गर्ने क्रममा केन्द्रीय समितिले परिमार्जनसहित प्रतिवेदनहरू पारित हुने बताए ।

साथै, उपसभापति पूर्णबहादुर खड्काले बैठकमा एउटा मात्रै निर्णय गरिएको र प्रतिवेदनहरू परिमार्जन सहित केन्द्रीय समितिले पारित गर्ने जानकारी गराए ।

सोमबार देखि सुरु भएको भएको महासमिति बैठक सोमबार सकिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस